हे मधुसूदन! प्रभु! तपाईंलाई छाडेर यो ब्रह्माण्डभरिका देउताहरूले, मनुष्यहरूले, नाग (गन्धर्व) हरुले दैत्यहरूले दानवहरूले कसैले पनि त्यो मेरो छोरोलाई जित्न नसकून् भनी वर माग्यो ॥७७॥ यस्तो वर मागिएका भगवान् विष्णुले 'बाटम् (लौ त्यस्तै होस्) यति राजालाई भनेर त्यसै ठाउँमा अल्पिनुभयो । अनि राजा पनि वरका प्रभावले हुए पुष्ट र प्रसन्न चित्तको हसिलो भएर आफ्नी प्रियालाई साथै लिएर ।।७८ ।। खचाखच नर-नारीले भरिएको अति राम्रो आफ्नो नगरमा आए र उनले पद्मिनी रानीबाट अत्यन्त बलवान् 'कार्तवीर्य' नामको छोरो प्राप्त गरे अर्थात् पाए ।।७९।। त्यतिखेर तीनै लोक, चौबे भुवनमा त्यो जस्तो बलियो मानव आदि कोही पनि थिएन । त्यसै कारणले लडाईमा दशटाउके रावण हायो ॥१८०॥ गदाधारी चक्रपाणि भगवान् नारायण बाहेक, तीन लोक स्वर्ग- मर्त्य-पतालमा कोही पनि त्यसलाई जित्न सक्ने समर्थ व्यक्ति छैन अर्थात् थिएन ॥८१॥
न त्वया विस्मयः कावों रावणस्य पराजये।
मतिम्बुवप्रसादेन पद्मिन्या धाप्युपोषणात् ॥८२॥
दत्तो देवाधिदेवेन कार्तवीर्यो महाबलम् ।
इत्युक्त्वा प्रययौ विप्रः प्रसन्नेनाऽन्तरात्मना ॥ ८३ ॥
श्रीकृष्ण उवाच
एतत् ते सर्वमाख्यातं यत् पृष्टोऽहं त्वयाऽनघ ।
मलिम्लुचस्य मासस्य शुक्लायाः सम्भवो महान् ||८४ ॥
ये करिष्यन्ति मनुजास्ते यास्यन्ति हरेः पदम् ।
त्वमेवं कुरु राजेन्द्र यदि चेष्टामभीप्ससि ।। ८५ ।।
मलमासको कृपाले र त्यसमा पर्ने पद्मिनी एकादशीको उपवास व्रतको कारणले रावणको हराइ (हाने काम) मा तिमीले आश्चर्य मात्रे काम छैन ॥८२॥ किनकि देवाधिदेव अर्थात् यीताका राजाका पनि राजा विष्णुले कार्तवीर्यलाई ठूलो बल दिनुभएको थियो । यति नारदलाई भनेर ब्राह्मण पुलस्त्यजी प्रसन्न मनले अर्थात् हर्पसाथ जाँदा भए ।1८३ || अझै श्रीकृष्णले भन्नुभवी ।। हे अनघ निष्पाप युधिष्ठिर! तिमीले मलाई जो सोधेका थियौ त्यो सारा कुरी अर्थात् मलमासको शुक्लपक्षको एकादशीको व्रतको प्रभावबाट सम्भव हुने ठूलो शक्तिको बारेमा तिमीलाई मैले बताइसके ।1८ ४।। जो-जो मनुष्यहरू यो मलमासे एकादशीको व्रत विशेष रूपले गर्दछन् ती पछि हरिको पद (स्थान) मा प्राप्त हुन्छन् । तसर्थ, हे राजेन्द्र यदि तिमी पनि बाधित वस्तु चाही भने यो व्रत गर ।।८५ ॥
सूत उवाच
केशवस्य वचः श्रुत्वा धर्मराजोऽतिहर्षितः ।
चक्रे व्रतं विधानेन बन्धुभिः परिवारितः ॥८६॥
एतत् ते सर्वमाख्यातं यत्पृष्टोऽहं पुरा द्विज ।
पुण्यं पवित्रं परमं किं भूयः श्रोतुमिच्छसि ॥८७॥
एवंविधं येऽपि तं मनुष्या भक्त्या करिष्यन्ति।
मलिम्लुचस्य उपोषिता वैस्तु सुखप्रदात्री
या शुक्लपक्षे भुवि तेऽपि धन्याः ।। ८८ ।।
| केशव भगवान्को यस्तो वचन सुनेर अत्यन्त प्रसन्न भएका धर्मराज युधिष्ठिरले पनि विविधविधिविधानपूर्वक सारा बन्धुबान्धवका साथ भएर त्यो व्रत गर्दा भए ॥८६॥ अनि सूतजीले भन्नुभयो । हे शौनकादिक ब्राह्मणहो! पहिले तपाईंहरूले मलाई जो सोच्नुभएको थियो, त्यो सारा वृत्तान्त मैले बेलिविस्तार लाइसकें । अब फेरि तपाईंहरू पवित्र कुन-कुन पुण्य सुन्न चाहनुहुन्छ ? ॥८७॥ जो मनुष्यहरू श्रद्धाभक्तिका साथ मलमासको यस्तो प्रकारको व्रत गर्दछन् र जुन मनुष्यहरू सुखैसुख दिने यो मलमासको शुक्लपक्षमा पर्ने एकादशीको उपवास व्रत गर्दछन् ता ती मनुष्यहरू पनि यस पृथ्वीतलमा धन्य-धन्य छन्- ॥८८।।
श्रोष्यन्ति ये तस्य विधिं समग्रं तेऽप्यंशभाजा मनुजाः प्रशस्ताः ।
ये वै पठिष्यन्ति कथां समग्रां ते वै गमिष्यन्ति हरेर्निवासम् ॥८९॥
अनि जो मनुष्य त्यस मलमासको समस्त व्रतविधि सुन्दछन् ती पनि त्यस पुण्यांशका भागी (हिस्सेदार) हुन्छन् र ती मनुष्य पनि | प्रशंसनीय धन्यवादका पात्र हुन्छन् र जो मनुष्यहरू समग्र कथालाई श्रद्धासित पढ्दछन्, ती मनुष्यहरू मरेपछि अवश्य नेै हरिको निवासस्थान वैकुण्ठधाममा जान्छन् यानि प्राप्त हुन्छन् ।८९।। ।। इति एकादशी-माहात्म्ये नेपाली टीकायां पञ्चविंशोऽध्यायः ।। २५ ॥
इति श्री भविष्योत्तरपुराणे श्रीकृष्णाऽर्जुनसंवादेऽधिकशुक्लैकादशीकथा समाप्ता ॥ २५॥
![सूर्य पञ्चाङ २०८१ - Surya Panchanga 2081 (Nepali Patro) [PDF]](https://upayogibooks.com/images/1707273528.webp)









![साङ्ग सप्ताह मण्डप पुजा विधि - Sanga Saptaha Mandapa Puja Vidhi [PDF]](https://upayogibooks.com/images/1716489738.webp)
![अर्थ पञ्चक नेपाली भाषानुवाद - Artha Panchaka Nepali Translation [PDF]](https://upayogibooks.com/images/1716398011.webp)
![श्रीवैकुण्ठ चन्द्रिका - ShriVaikuntha Chandrika [PDF]](https://upayogibooks.com/images/1716397488.webp)
![वृहत् कर्मकाण्ड पद्धति - Vrihat Karmakanda Paddhati [PDF]](https://upayogibooks.com/images/1716396149.webp)
![व्याकरण महाभाष्य - Vyakaran Mahabhashya [PDF]](https://upayogibooks.com/images/1716316411.webp)
![सप्ताह मण्डप पूजा विधि (श्रीवैष्णव) - Saptah Mandap Puja Vidhi (Vaishnava) [PDF]](https://upayogibooks.com/images/1713499202.webp)

![कर्मकाण्डप्रबोध - Karmakandaprabodh [PDF]](https://upayogibooks.com/images/1709230174.webp)
![बृहत् पाराशर होराशास्त्र - Brihat Parashar Hora Shastra Vol 1 [PDF]](https://upayogibooks.com/images/1709021240.webp)
![अन्त्यकर्मपद्धति - पं ऋषिराम घिमिरे - Antyakarma Paddhati, Dadhiram [PDF]](https://upayogibooks.com/images/1708740803.webp)