QR Code
परमेश्वरको अदालतमा वेद र बाइबल - Vedas and Bible in the court of God - PDF

परमेश्वरको अदालतमा वेद र बाइबल Upayogi Books

1.0 by श्रीरामचन्द्र ढकाल
(0 Reviews) August 06, 2023
Guru parampara

Latest Version

Version
1.0
Update
August 06, 2023
Writer/Publiser
श्रीरामचन्द्र ढकाल
Categories
knowledgable
Language
Nepali
File Size
37.62
Downloads
6,848
License
Free
Download Now (37.62)

More About परमेश्वरको अदालतमा वेद र बाइबल - Vedas and Bible in the court of God - PDF Free PDF Download

Vedas and Bible in the court of God परमेश्वरको अदालतमा वेद र बाइबल

परमेश्वरको अदालतमा वेद र बाइबल - Vedas and Bible in the court of God - PDF

विद्वान् लेखक श्रीरामचन्द्र ढकालज्यूले अथक परिश्रम गरी स्वानुभव र इतिहासका कुराहरूलाई समेटेर परमेश्वरको अदालतमा वेद र बाइबल भन्ने पुस्तक तयार गर्नुभएकोमा सर्वप्रथम धन्यवादको पात्र हुनुहुन्छ ।

नेपालको विविधता, सामाजिक सद्भावना भाइचारा, सहिष्णुता, सौहार्दता, परस्पर निःस्वार्थ रूपमा सहयोगी भाव आदि देखेर एकलकाटे स्वभाव भएका र धनबल तथा कुटिलचालले विश्वलाई नै एकल धार्मिक साम्राज्यवाद लाद्न हजारौं वर्षको योजना बनाएर हिँडेका पश्चिमाहरूले कुन कुन अस्त्रद्वारा विश्वलाई कब्जा गर्न सकिन्छ भन्ने रणनीति अनुरूप चलेका ती समुदायका कुटिल मनसाय र गतिविधिका विविध स्वरूपलाई पर्दाफास गरेर जनसमक्ष ल्याई नेपाली माटोको विविधतालाई जोगाउने सकिन्छ भन्ने आशा गर्दै कठिन परिश्रम गरेर विद्वान् लेखकज्यूले हाम्रोसामु पुस्तकाकारको रूपमा पस्किनु भएको छ ।

विश्वलाई अब अस्त्र बलले कब्जा गर्न सकिँदैन । कब्जा गर्न सहज उपाय भनेको धर्म हो भन्ने बुझेर रिलिजन अर्थात् पन्थलाई धर्मको संज्ञा दिँदै व्यापक जन र धन खर्च गरेर कुन ठाउँमा कस्तो प्रहार गरेर सो समाजको मूल्य, मान्यतालाई भत्काउन सकिन्छ भनी प्रहार गर्दै हिँडेका धर्म परिवर्तनकारीका गतिविधिप्रति हामी सोझा नेपाली लगभग बेखबर नै छौं । हाम्रै सामाजिक मूल्य मान्यतालाई अनुकरण गर्दै आफ्नो जनमत तयार गर्न विभिन्न प्रलोभन देखाएर स्वार्थसिद्ध गरी विश्व कब्जाको सपना लिएर हिँडेका छन् ।

त्यस्तो अँध्यारो समूहको विरूद्ध जान्नको लागि परमेश्वरको अदालतमा वेद र बाइबल प्रकाशस्वरूपमा अवस्थित भएको छ । यस्ता समाजलाई कुमार्ग र सत्मार्गको बारेमा स्पष्ट देखाउने यस पुस्तकको अध्ययन सबैले गर्नुहुनेछ भन्ने आशा राख्दै प्रकाशक, लेखक र सहयोगी सबैमा नमन गर्दछु ।

नमस्कार ॥ नारायण || जय सनातन ॥

Rate the PDF

Add Comment & Review

User Reviews

Based on
5 Star
0
4 Star
0
3 Star
0
2 Star
0
1 Star
0
Add Comment & Review
We'll never share your email with anyone else.